बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेस गर्ने उल्लेख छ ।
विश्वासको मतको प्रस्तावका लागि सभामुख भुवनकुमार पाठकले साउन २७ गते अपराह्न ४ बजे प्रदेशसभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन् ।
बानियाँ नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । संवैधानिक प्रावधानअनुसार बानियाँले साउन २७ गते विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० गते मंगलबार मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभाका ११० जना सांसद छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया