कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप, केही घाइते
धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । कारागारमा झपडका क्रममा घाइते कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना (टाउकोमा चोट लागेको ) कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए । कारागारमा झपडका क्रममा घाइते हुनेमा कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना रहेका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार केहीको टाउकोमा चोट लागेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया