कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप, केही घाइते

धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । कारागारमा झपडका क्रममा घाइते कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना (टाउकोमा चोट लागेको ) कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए । कारागारमा झपडका क्रममा घाइते हुनेमा कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना रहेका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार केहीको टाउकोमा चोट लागेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।

Published : Thursday, 2025 August 7, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया