ओली विदेश भएका बेला विद्यादेवीले बानेश्वरबाट एमालेमा समानान्तर गतिविधि चलाउने
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुन सम्पर्क कार्यालयका लागि घर भाडामा लिएकी छिन् ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले नयाँ बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय खोल्न घर भाडामा लिएकी हुन् । उनले चार तले भवन भाडामा लिएको एक नेताले जनाएका छन् ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गरिदिएको छैन । सदस्यता नवीकरण नभएपनि भण्डारीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई टक्कर दिने तयारी गरेकी छिन् ।
एमाले नेतृ भण्डारी नियमित रूपमा कार्यालयमा आएर सम्पर्क–सम्बन्ध विस्तार गर्नेछिन् । घर मदन भण्डारी फाउन्डेसनको आवरणमा लिइएको छ । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला भण्डारीले एमालेमा समानान्तर गतिविधि सञ्चालन गर्न फाउण्डेशनको नाममा घर भाडामा लिएर एमालेभित्र बबाल मच्चाएको आरोप लागेको छ ।
विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ । त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको योजना छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया