एसएसपीसहित ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा थापाले उनहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुलबहादुर कार्की, राकेश सिंह, राजिबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।
प्रहरी उपरीक्षकहरू अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।

प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहको विज्ञप्तिमा उल्लेख छ ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया