मुख्यमन्त्री बानियाँलाई भक्तपुर तरुण दलद्वारा बधाई प्रदान
काठमाडौं । नेपाल तरुण दल, भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बधाई र कार्यकालको शुभकामना दिएको छ ।
बुधबार हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा बानियाँलाई भेट गरेर बधाई दिइएको नेपाल तरुण दल, भक्तपुरका सभापति राजु थापाले बताए । तरुणहरूले भेट गरेर नवनियुक्त मुख्यमन्त्री बानियाँलाई बधाई दिइएको अध्यक्ष थापाले बताए ।
भक्तपुर तरुण दलले मुख्यमन्त्री बानियाँलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको भन्दै युवा र तरुणहरूको पक्षमा कार्यक्रम ल्याउन सुझाव दिइएको अध्यक्ष थापाले बताए । मुख्यमन्त्री बानियाँले पनि भक्तपुर तरुण दलको सुझावलाई कार्यान्वयन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।
यसैबीच, नेपाली कांग्रेस, भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापासहितका नेताहरूले पनि मुख्यमन्त्री बानियाँलाई बधाई प्रदान गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया