सभापति खतिवडाद्वारा स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित निवासमा आएर सभापति खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । खतिवडाले देवी थानीको निधनबाट मर्माहत भएको भन्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
स्व.देवी थानी कांग्रेसका सांसद एवम् पूर्वमन्त्री हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष भवानी थानीकी आमा हुन् ।
सभापति खतिवडाले भने, ‘शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य तथा शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।’


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया