सभापति खतिवडाद्वारा स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित निवासमा आएर सभापति खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । खतिवडाले देवी थानीको निधनबाट मर्माहत भएको भन्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

स्व.देवी थानी कांग्रेसका सांसद एवम् पूर्वमन्त्री हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष भवानी थानीकी आमा हुन् ।

सभापति खतिवडाले भने, ‘शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य तथा शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।’

Published : Thursday, 2025 August 7, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया