कांग्रेसको गण्डकी महिला विभागद्वारा बहुविवाह भनिएको कानूनको मस्यौदाको विरोध
पोखरा । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विभागद्वारा पोखरामा आयोजित महिलाहरूको भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । पत्रमा महिलाहरूको आत्मसम्मानमा ठेस पु¥याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा घचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।
गण्डकी कांग्रेसका सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका विषयलाई सम्बन्धित ठाउँमा पु¥याउने बताएका छन् । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद नहुने शर्माले बताए ।
संसार चलाउन भगवानले लिङ्गको आधारमा महिला र पुरुष भनिएको सभापति शर्माले बताएका छन् ।
गण्डकी कांग्रेसका उपसभापति कल्पना तिवारीले महिला नै कांग्रेस संगठनको मूल आधार भएको बताइन् । उपसभापति मेखलाल श्रेष्ठले महिलाहरूलाई अझ सशक्त बनाई राजनीति मूलधारमा ल्याउन आवश्यक रहेको बताए । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार कांग्रेसभित्र महिला विभाग रहेको बताए । गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले सरकारले ल्याउन थालेको विधेयकको विरोध गरेकी छिन् ।
प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा मनोनीत गरिएका महिला विभागका सदस्यहरूलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया