सहसचिवहरूको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयलको शान्तिसुरक्षा महाशाखामा सहसचिव आनन्द काफ्लेलाई जिम्मेवारी दिएको छ ।

नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत काफ्लेलाई शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी दिइएको हो । विपत् महाशाखाको जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई दिइएको छ ।

सहसचिव विष्णुप्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको छ । गुल्मीमा सिडिओ पद रिक्त थियो । कोइरालालाई दुई साताअघि मात्र अध्यागमन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

Published : Tuesday, 2025 August 5, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया