बागमतीमा एमालेले कांग्रेसको संस्थापनलाई साथ दिने, मुख्यमन्त्री लामालाई झट्का
हेटौँडा । एमालेले बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसको संस्थापन पक्षलाई समर्थन दिने निर्णय गरेको जनाएको छ ।
एमालेका नेता जगन्नाथ थपलियाले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताए । ‘जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने हो,’ थपलियाले भने ।
थपलियाले कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन एमाले सजग रहेको बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले गर्न लागेको मन्त्रिमण्डल विस्तारलाई एमालेले रोक्न लगाएको थियो । लामाले मन्त्रिमण्डल विस्तार गरेर एमालेलाई चिढ्याएका छन् ।
एमालेको निर्णयपछि मुख्यमन्त्री लामालाई झट्का लागेको छ । मुख्यमन्त्री पदबाट लामाले राजीनामा नदिने बताएका छन् । लामाले संसदीय दलको नेता पद गुमाए पनि मुख्यमन्त्री पद नछाड्ने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । मुख्यमन्त्री लामाले एमालेलाई साथमा लिएर सरकार चलाउन खोजेका बेला एमालेको निर्णयले ठूलो झट्का लागेको छ ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया