सशस्त्र प्रहरीका आईजीपी अर्यालद्वारा डीआईजीसहितलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले डीआईजीसहितका बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मंगलबार प्रधान कार्यालय, काठमाडौंमा आयोजित विशेष समारोहमा आईजीपी अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका मनीष थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
आईजीपी अर्यालले डीआईजी थापासहित प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पद र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2025 July 29, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया