नागरिकता लिन झुटो विवरण, ४ जनाको नागरिकता खारेज
गलरिया । जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिने ४ जनाको नागरिकता खारेज भएको छ ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले चारजनाले लिएको नागरिकता असारमा खारेज गरिदिएको छ ।
बारबर्दिया नगरपालिका–८ का सुनिल केसीले ०७८ भदौ १५ गते जिल्ला प्रशासन कार्यालयमा बनाएको नागरिकता खारेज भएको छ । केसीले पुनः झुटो विवरण पेस गरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कडायतले बताए ।
साबिक मगरागाडी गाविसका माया खड्काले माया लामाबाट ०७० साउन २४ गते नागरिकता लिएपछि खारेज गरिएको उनले जनाए । दोहोरो नागरिकता लिएका रामकुमारी थारु र मधुवन नगरपालिका–७ की श्रीमाया सुनारको पनि नागरिकता खारेज भएको छ ।
गलत विवरण दिएर लिइएको ६ वटा दोहोरो नेपाली नागरिकता पनि छानविनको दायरामा परेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया