नागरिकता लिन झुटो विवरण, ४ जनाको नागरिकता खारेज
गलरिया । जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिने ४ जनाको नागरिकता खारेज भएको छ ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले चारजनाले लिएको नागरिकता असारमा खारेज गरिदिएको छ ।
बारबर्दिया नगरपालिका–८ का सुनिल केसीले ०७८ भदौ १५ गते जिल्ला प्रशासन कार्यालयमा बनाएको नागरिकता खारेज भएको छ । केसीले पुनः झुटो विवरण पेस गरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कडायतले बताए ।
साबिक मगरागाडी गाविसका माया खड्काले माया लामाबाट ०७० साउन २४ गते नागरिकता लिएपछि खारेज गरिएको उनले जनाए । दोहोरो नागरिकता लिएका रामकुमारी थारु र मधुवन नगरपालिका–७ की श्रीमाया सुनारको पनि नागरिकता खारेज भएको छ ।
गलत विवरण दिएर लिइएको ६ वटा दोहोरो नेपाली नागरिकता पनि छानविनको दायरामा परेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया