पोखरामा तरुण दलको कार्यक्रम, परराष्ट्रमन्त्री डा.राणा सहभागी हुने
काठमाडौं । नेपाल तरुण दल, कास्कीले ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन, तरुण युवाहरूको सरोकार’ विषयक संवाद कार्यक्रम गर्न लागेको छ ।
नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाको प्रमुख आतिथ्यतामा कास्की तरुण दलले कार्यक्रम गर्न लागेको हो । श्रावण १४ गते पोखरामा कार्यक्रम हुनेछ ।
कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीतजंग बस्नेत, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा सहभागी हुन कास्की तरुणहरूलाई आग्रह गरिएको छ । परराष्ट्रमन्त्री डा.राणालाई तरुणहरूले पोखरामा भव्य स्वागतको तयारी समेत गरेका छन् ।
Published : Monday, 2025 July 28, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया