स्थानीय तहहरूमा अधिवेशन सकिएपछि भक्तपुर तरुण दल जिल्ला अधिवेशनमा जुट्यो

भक्तपुर । नेपाल तरुण दलले अधिकांश स्थानीय तहको अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।

भक्तपुर तरुण दलले चार वटा नगरापलिकामध्ये ३ वटामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति ल्याएको छ । एउटा नगरपालिकाको २/३ दिनभित्र अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति ल्याइने नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले बताए ।

नेपाली कांग्रेस, भक्तपुरसँग समन्वय गरेर स्थानीय तहमा तरुण दलको अधिवेशन सम्पन्न गरिएको अध्यक्ष थापाले बताए । भक्तपुर तरुण दलको अधिवेशनमा पार्टी सभापति दुर्लभ थापासहितको पार्टी नेतृत्वबाट भएको सहयोगप्रति तरुण अध्यक्ष थापाले धन्यवाद दिएका छन् ।

स्थानीय तहको तरुण दलको अधिवेशनबाट सूर्यविनायक नगरपालिकाको नगर अध्यक्षमा रञ्जन बस्नेत, मध्यपुर ठिमी नगरपालिकाको नगर अध्यक्षमा सविन डङ्गोल, चागुनारायण नगरपालिकाको नगर अध्यक्षमा सौरव बाटा निर्वाचित भएका छन् । उनीहरूको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ ।

तरुण दलका अध्यक्ष थापाले भक्तपुरका सबै ३८ वटा वडाहरूमा तरुण दलको साधारण सदस्यता र पूर्णकालीन सदस्यता वितरण गरिएको बताएका छन् ।

तरुण दल भक्तपुर नगरपालिकाको नगर अधिवेशन केही दिनभित्र गरिने अध्यक्ष थापाले बताए ।

नेपाल तरुण भक्तपुरको जिल्ला अधिवेशन साउन महिनाभित्र सम्पन्ने गर्ने गरी तयारी भइरहेको अध्यक्ष थापाले बताएका छन् ।

भक्तपुर तरुण दलले अधिवेशन सम्पन्न गर्ने अन्तिम तयारीमा छ । विभिन्न जिल्लाहरूमा तरुण दलको अधिवेशन सुरु हुन समेत नसकिरहेका बेलामा भक्तपुर तरुण दलले जिल्ला अधिवेशनको तयारी गरिसकेको छ ।

Published : Monday, 2025 July 28, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया