नेपाल सरकारलाई एमसीसी सहयोगबारे अमेरिकी राजदूतावासले गरायो आधिकारिक जानकारी
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपालमा एमसीसी परियोजना जारी रहने जनाएको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको प्रेस नोटमार्फत राजदूतावासले जनाएको छ ।
‘हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौँ,’ अमेरिकी राजदूतावासद्वारा आइतबार जारी प्रेस नोटमा उल्लेख छ ।
‘पचास करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछन्,’ अमेरिकाले भनेको छ ।
Published : Monday, 2025 July 28, 1:57 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया