परराष्ट्रमन्त्री डा.राणासँग कांग्रेस, एमाले, माओवादी, रास्वपासहितका दलका महिला सांसदहरूद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग प्रतिनिधि सभामा प्रतिनिधत्व गर्ने विभिन्न राजनीतिक दलका महिला सांसदहरूले भेट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग महिला सांसदहरूले सामूहिक रुपमा भेट गरेको नेपाली कांग्रेसकी सांसद एवम् पूर्वमन्त्री सीता गुरुङले बताएकी छिन् । सांसद गुरुङले भनेकी छिन्, ‘परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूसँग महिला सांसदसँग संसदका गतिविधि र विविध विषयमा महत्वपूर्ण छलफल भएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले पनि परराष्ट्रमन्त्री डा.राणासँगको भेटमा ‘महिला समन्वय समिति’ गठनका विषयमा छलफल भएको डाँगीले बताएकी छिन् ।
रास्वपाकी सांसद डाँगीले भनेकी छिन्, ‘महिला समन्वय समिति गठनको पहलस्वरूप आज (सोमबार) सबै राजनीतिक दलका माननीयज्यूहरूले परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूसँग छलफल गरेका छौँ ।’
परराष्ट्रमन्त्री डा.राणासँगको भेटका लागि नेपाली कांग्रेसकी सांसद सीता गुरुङ, सुशीला थिङ, जुबेदा खतुन, एमाले सांसद विद्या भट्टराई, सुनिता बराल, माओवादी केन्द्रकी सांसद रेखा शर्मा, रास्वपाकी सांसद निशा डाँगी, राप्रपाकी सांसद विना लामा लगायतका महिला सांसदहरूले भेट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया