जुम्ला तरुण दललाई विशेष महत्वका साथ मूल्याङ्कन गरेका छौँ : तरुण अध्यक्ष गुरुङ

जुम्ला । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जुम्ला जिल्ला तरुण दलको अधिवेशनको विशेष महत्व रहेको बताएका छन् ।

शुक्रबार जुम्लामा नेपाल तरुण दल जुम्लाको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले जुम्ला तरुणहरूलाई केन्द्रीय कार्यसमितिले विशेष रुपमा लिएको बताए ।

अध्यक्ष गुरुङले मंसिरमा तरुण दलको ५औँ महाधिवेशन समयमा हुने बताए । त्यसका लागि देशभरिका तरुणहरूले जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘तरुण दलको ५औँ केन्द्रीय महाधिवेशन आउने मंसिरको २६ गते भव्य रुपमा गर्ने छौँ ।’

अध्यक्ष गुरुङले भने, ‘जुम्लामा तरुणहरूको पहिलो अधिवेशन हुँदैछ । तरुण दल केन्द्रीय समिति र मेरोतर्फबाट आउने महाधिवेशनमा विशेष रुपमा जुम्ला जिल्लालाई हेर्ने छौँ ।’

कार्यक्रममा सहमहमन्त्री महालक्ष्मी उपाध्याय, केन्द्रीय सदस्य कान्तिका सेजवाल, नेताहरू जीवनबहादुर शाही, दलबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

यसअघि, नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेताहरूलाई जुम्ला तरुण दलका नेता कार्यकर्ताहरूले जुम्ला विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

Published : Friday, 2025 July 25, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया