भारतद्वारा ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल यूएलपीजीएम–वी३ सफलतापूर्वक परीक्षण

नयाँदिल्ली । भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ)ले ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल यूएलपीजीएम–वी३ को सफलतापूर्वक परीक्षण गरेको छ ।

यूएलपीजीएम–वी३ आन्ध्र प्रदेशको कुर्नूलस्थित राष्ट्रिय परीक्षण दायरामा प्रहार गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

यो मिसाइल विभिन्न प्रकारका लक्ष्यमा आक्रमण गर्न सक्षम छ । समतल तथा उच्च उचाइबाट पनि प्रहार गर्न सकिन्छ ।

मिसाइलको विशेष कुरा के हो भने यसले धेरै प्रकारका युद्ध हेड स्थापना गरेर लक्ष्यलाई नष्ट गर्न सक्छ ।

डीआरडीओले भनेको छ, ‘यसले दिन वा रात कुनै पनि मौसममा सही रूपमा लक्ष्यमा प्रहार गर्न सक्छ ।’

यसमा यी तीनवटा युद्ध हेड स्थापना गर्न सकिन्छ । एन्टी–आर्मर वारहेडः जसले आधुनिक ट्यांक र बख्तरबन्द सवा साधनलाई नष्ट गर्न सक्छ ।

पेनिट्रेसन–कम–ब्लास्ट वारहेड जसले बंकर र लुकेका स्थानलाई पनि नष्ट गर्न सक्छ । प्रि–फ्रग्मेन्टेसन वारहेड जसले ठूलो क्षेत्रमा भारी क्षति पु¥याउन सक्छ ।

मिसाइल ड्रोनबाट प्रहार गरिएको हो । बेंगलुरुमा आधारित भारतीय स्टार्ट–अप कम्पनी न्युस्पेस रिसर्च टेक्नोलोजीजद्वारा विकास गरिएको छ ।

डीआरडीओले सेनाको क्षमता बढाउन लामो दूरी तथा लामो समय उडान गर्ने ड्रोनमा पनि यो मिसाइल सामेल गर्ने योजना बनाइरहेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले यो ठूलो सफलताका लागि डीआरडीओ सहित सबै कम्पनीलाई बधाई दिएका छन् ।

डीआरडीओका अध्यक्ष डा.समीर वी कामतले यो मिसाइल समयको आवश्यकता भएको उल्लेख गर्दै यसले भारतीय सेनालाई ठूलो बल दिने बताएका छन् ।

Published : Friday, 2025 July 25, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया