दार्चुला, बैतडी र डडेल्धुराका जनप्रतिनिधिहरूद्वारा अध्ययन भ्रमण, दूतावासमा अनुभव साटासाट
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले दार्चुला, बैतडी र डडेल्धुराका मेयर, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग अन्तरक्रिया गरेको छ ।
शुक्रबार काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा सुदूरपश्चिम प्रदेका ३ जिल्लाका जनप्रतिनिधिहरूसँग नेपाल–भारतबीचको अन्तरसम्बन्ध तथा अनुभवका विषयमा छलफल भएको हो ।
जनप्रतिनिधिहरूको २७ सदस्यीय प्रतिनिधिमण्डले भारतको १० दिने लामो अध्ययन भ्रमण पूरा गरी हालै नेपाल फर्किएको छ ।
भारत सरकारद्वारा आयोजित अध्ययन भ्रमणमा हैदराबादस्थित राष्ट्रिय ग्रामीण विकास एवं पञ्चायती राज संस्थान (एनआइआरडीपीआर)मा कृषि, दिगो विकास, गभर्नेन्स जस्ता क्षेत्रहरू समेट्ने कस्टमाइज्ड प्रशिक्षण कार्यक्रम समावेश रहेका थिए ।
हुम्ला र संखुवासभाका जनप्रतिनिधिहरूका लागि आयोजना गरिएको यस्तै खाले भ्रमणपछि नेपाल र भारत सरकारका निर्वाचित स्थानीय प्रतिनिधिहरूका लागि आयोजना गरेको यो तेस्रो अध्ययन भ्रमण थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया