परराष्ट्रमन्त्री डा.राणासँग इजरायलका राजदूत बासद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले भेट गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत बासले भेट गरेर दुई मुलुकबीचको सम्बन्धका विषयमा परामर्श गरेका हुन् । भेटमा डा.राणाले राजदूत बाससँग इजरायलमा रहेका नेपालीहरूको चिन्ता र चासो गरेकी थिइन् ।

नेपाल–इजरायल सम्बन्धलाई सुदृढ पार्ने, कृषि, शिक्षा, प्रविधि र विकासमा सहयोग बढाउने र विश्वव्यापी चासोहरू लगायतका विभिन्न विषयहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

Published : Tuesday, 2025 July 22, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया