एमालेले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, कुलिङ पिरियड सर्वसम्मत अगाडि बढेको हो : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेस अब कम्परमाइज गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले संसदीय समितिबाट पठाएको व्यवस्थाभन्दा संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि संसदीय छानबिन समिति गठन भएको बताए ।
एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्तावप्रति राखेकोप्रति डा.महतले आपत्ति जनाएका छन् ।
कांग्रेसको पूर्ववत अडान रहेको बताउँदै डा.महतले कम्परमाइज नगर्ने बताए । उनले भने, ‘यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ ।’
उनले भने, ‘गठबन्धनको सरकार बनाउनको लागि एक अर्काको दृष्टिकोण स्वीकार गरेर मात्रै गठबन्धन सफल हुनसक्छ । म जे चाहन्छु त्यही नै हुनुपर्छ भनेर हुँदैन । यसमा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नुपर्ने बताए । उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताएका छन् ।
‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन । यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ,’ डा.महतले भने, ‘कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो ।’
‘त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन । लागू हुनपर्छ,’, कांग्रेस प्रवक्ता डा.महतले भने, ‘अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन ।’
अहिलेको कांग्रेस–एमाले गठबन्धनको सरकार ०८४ जाने निर्णय गरेर अघि बढेको उनले बताए । उनले नियुक्तिहरूमा पनि सन्तुलित भएर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया