सुन्दरीजलको कार्यक्रममा नेता डा.कोइराला र तरुण अध्यक्ष गुरुङ सहभागी हुने
काठमाडौं । वीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा सुन्दरीजलमा आयोजना हुने वीपी स्मरण कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ सहभागी हुने भएका छन् ।
साउन ६ गते मंगलबार बिहान ९ बजे हुने कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला रहेका छन् । स्मृति दिवसका अवसरमा सुन्दरीजलमा विशेष कार्यक्रम राखिएको छ ।
काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण तरुणहरूलाई उपस्थितिको लागि अध्यक्ष गुरुङले आग्रह गरेका छन् । सुन्दरीजलस्थित वीपी संग्राहलयमा कांग्रेसले विशेष कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा सहभागी हुन वीपी कोइरालाका छोरा डा.शशांक कोइराला आफै उपस्थित हुन लागेका छन् । तरुण दलका अध्यक्ष गुरुङले पनि कार्यक्रमलाई विशेष बनाउन तरुणहरूसँग आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया