काठमाडौं र चितवनमा छापामारेर २६ जना जुवाडेहरूलाई पक्राउ
काठमाडौं । चितवन र काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३ ताहाचल डेरा गरी बस्ने सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपियाँ र २४ बुक ताससहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ भुपिशेरचन मार्ग बस्ने मोरङको बेलबारी नगरपालिका–९ घर भएकी ६३ वर्षीया सावित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपियाँ र ६ बुक तास सहित पक्राउ गरेको छ ।
उता, चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँको देवघाट गाउँपालिका–४ देवघाट बस्ने ४२ वर्षीय मानबहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपियाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने पदमबहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय विनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया