सरकारले राम्रा कामहरू गरेको छ, राम्रा र नराम्रा कामको जिम्मेवारी कांग्रेस-एमालेले लिनुपर्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले सरकारले राम्रा कामहरू पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको बताए । सिटौलाले सरकारले गरेका गुण र दोषहरू कांग्रेस र एमाले दुवैले लिनुपर्ने बताए ।

उनले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ ।’

नेता सिटौलाले भने, ‘यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ ।’

सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्ने बताउँदै कांग्रेस नेता सिटौलाले शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि बताए ।

‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन,’ सिटौलाले भने ।

‘जनताका लागि हामीले नै काम गर्ने हो । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ,’ सिटौलाले भने, ‘त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

Published : Thursday, 2025 July 17, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया