भालुबाङ प्रहरीद्वारा भन्सार छलीका सामग्रीहरू बरामद

भालुबाङ । इलाका प्रहरी कार्यालय, भालुबाट, दाङले भन्सार छली गरी ल्याइएका सामग्री बरामद गरेको छ ।

बुधबार भालुबाङ प्रहरीको टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भालुबाङ, पुलचोकबाट भन्सार छली गरेर ल्याइएका सामग्रहरू बरामद गरिएको इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी प्रमुख (ईन्स्पेक्टर) पुस्करसिंह ऐरीले बताएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरिएको ईन्स्पेक्टर ऐरीले बताए ।

बरामद गरिएको सामानमा युरिया मल, किसमिस, खजुर, चोको स्ट्रिक, डबल क्रिम रोयल क्याण्डी, परिवर आलमोन्ड्स, ओरियो बिस्कुट, स्वीटी सुपारी, टिन्का जिरा, डेरी किस चकलेट, तुलसी रोयल चिया, विश्वास काजु, गोल्डी मिट मसला, गोल्डी गरम मसला, पमकिन सिड, इलाईची चिया, डेरी मिल्क, डेट क्राउन फ्रड, ओभल पापड (पानी पुरी), रेडबुल, तुलसी चिया, फ्रुटो पप (ललीपप), गोल्डी मसला, चुइङ टोबाको, पान मसला (कमला पसन्दा), पान मसला (कमला पसन्दा – कालो), सुतन काजु र सुतिको तन्ना लगायतका समान रहेका छन् ।

बरामद गरिएका सामानहरूको अनुमानित कुल मूल्य एक लाख सत्ताउन्न हजार छ सय पैँतालीस रहेको छ ।

ती सामग्रीहरू भन्सार छली गरी ल्याइएको पाइएकाले बरामद गरी आवश्यक कारबाहीको लागि कोइलाबास भन्सार कार्यालयमा बुझाइएको ईन्स्पेक्टर ऐरीले बताए ।

Published : Wednesday, 2025 July 16, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया