ओखलढुङ्गाको मिसन अस्पतालमा बीमा रकम सहज रुपमा उपलब्ध गराउन सभापति खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको मिसन अस्पतालमा उपचारका क्रममा बीमाको रकम सहज रूपमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री र कार्यकारी निर्देशक डा.रघुराज काफ्लेसँगको भेटमा सभापति खतिवडाले मिसन अस्पताललाई बीमाको रकम सहज रुपमा उपलब्ध गराइसहयोग गर्न आग्रह गरेका हुन् । खतिवडाले बीमाको रकम सहज रुपमा उपलब्ध नहुँदा बिरामी तथा सेवाग्राहीहरूले विभिन्न कठिनाइहरू भोग्नु परिरहेको बताए ।

सभापति खतिवडाले ओखलढुङ्गासहित दुर्गम जिल्लाहरूका नागरिकलाई उपचारका क्रममा बीमाको रकम छिटो, सरल र प्रभावकारी रूपमा प्राप्त हुने व्यवस्था मिलाउन बीमा बोर्डका अध्यक्ष क्षेत्रीसँग आग्रह गरेका छन् ।

वर्तमान प्रणालीमा देखिएका समस्या, ढिलासुस्ती, अव्यवस्था र जनतालाई पर्ने अन्य व्यबधान तथा अबरोधको समाधान खोज्न सभपाति खतिवडाले आग्रह गरेका छन् ।

स्थानीय अस्पताल र बीमा संस्थाबीच समन्वय सुदृढ पार्नुपर्ने सभापति खतिवडाले बताएका छन् ।

स्वास्थ्य बीमा प्रणालीलाई जनमैत्री बनाउनेतर्फ सकारात्मक कदम अघि बढ्ने विश्वास लिइएको सभापति खतिवडाले बताएका छन् ।

Published : Tuesday, 2025 July 15, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया