नेपालमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा गम्भीर चुनौतीहरू छ : कांग्रेस नेतृ डा.संग्रौला
काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा.डिला संग्रौला पन्त नेपालमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा गम्भीर चुनौतीहरू रहेको बताएकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.संग्रौलाले बाढी, पहिरो, भूकम्प, खडेरी, र अतिवृष्टिजस्ता विपदहरू बारम्बार आइरहेको तथा हालै रसुवा र मधेसमा बाढी–पहिरोले ठूलो क्षति पुर्याएको र पूर्वतयारीको अभावले समस्या झनै जटिल बनाएको बताइन् ।
उनले विपद् आउनुअघि तयारी नहुँदा क्षति बढ्ने गरेकाले मौसम विज्ञहरूले यो वर्ष धेरै पानी पर्ने र विपद् बढ्ने चेतावनी दिइसकेकाले त्यसै अनुसारको तयारी गर्नुपर्ने बताएकी छिन् ।
उनले नेपाली कांग्रेसजस्ता ठूला पार्टीले विपद् व्यवस्थापनका विज्ञहरूलाई परिचालन गरी तालिम, स्रोत–साधन र उपकरण उपलब्ध गराउनु पर्ने बताएकी छिन् ।
जाजरकोट भूकम्पपछि अस्थायी टहरा बनाइए, तर पुनर्निर्माण र पुनर्निर्माणको काम अझै बाँकी रहेको उनले उल्लेख गरिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया