युवकले ४० वर्षीया सौतेनी आमालाई भगाए
नयाँ दिल्ली । भारतको हरियाणास्थित नुह जिल्लामा एक युवकले आफ्नी ४० वर्षीया सौतेनी आमालाई लिएर भागेका छन् ।
छोराले सौतेनी आमालाई लिएर फरार भएपछि ती बुबाले प्रहरीमा उजुरी दिएका छन् । पहिलो श्रीमतीको मृत्यु भएपछि दोस्रो विवाह गरेको उनले बताएका छन् । उनी दोस्रो श्रीमतीसँग १५ वर्षदेखि बस्दै आएका थिए ।
केटाका बुबाले केही महिनाअघि आफ्नी पहिलो श्रीमतीबाटका छोरालाई घरमा ल्याएको बताए । ‘छोराले सौतेनी आमालाई आमा भनेर बोलाउँथ्यो र खुट्टा छोएर आशीर्वाद लिने गरेको थियो,’ उनले भने ।
दुई जनाबीच प्रेम सम्बन्ध रहेको कसैलाई पनि थाहा थिएन । केही दिनअघि अचानक दुवै जना भागेका हुन् ।
केटाका बुबाले प्रहरी कार्यालयमा सम्पर्क गर्दा दुवैले अदालतमा विवाह गरिसकेको थाहा भयो । उनले आफ्नो छोरा १७ वर्षको नाबालिग भएकाले विवाह अवैध भएको बताए ।
प्रहरीले केटाले अदालतमा आफू वयस्क भएको प्रमाण दिएको बताएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केटाका बुबाले आफ्नो श्रीमतीले ३० हजार रुपियाँ नगद, चाँदीको पाउल, सुनको झुम्का, हातको औंठी र चाँदीको ब्रेसलेट लगेके बताए । उनले घटनामा कडा कानूनी कारबाही गर्न प्रशासनसँग माग गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया