तरुण दल काठमाडौंको साउनभित्र अधिवेशन गर्न निर्देशन

काठमाडौं । नेपाल तरुण दल काठमाडौंको १० दिनभित्र काठमाडौं जिल्लाभरि पूर्णकालीन फाराम भर्ने कार्य सम्पन्न गरि वडा अधिवेशनहरू गर्न निर्देशन दिइएको छ ।

बिहीबार काठमाडौंमा बसेको नेपाली कांग्रेसद्वारा गठन गरिएको नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिका पदाधिकारी र तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितको बैठकले काठमाडौं तरुण दलको पूर्णकालीन फारम वितरण गर्न निर्देशन दिइएको हो ।

साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन दिइएको हो । बैठकमा निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय, सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल काठमाडौंका जिल्ला अध्यक्ष कृष्णजी खड्काको उपस्थिति रहेको थियो । बैठकमा काठमाडौंको १० वटै क्षेत्रका क्षेत्रीय अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो ।

निर्देशन समितिले १० दिनभित्र काठमाडौं जिल्लाभरि पूर्णकालीन फाराम भर्ने कार्य सम्पन्न गरि वडा अधिवेशन गर्ने र साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि तयारी गर्न निर्देशन दिएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।

Published : Thursday, 2025 July 10, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया