सहकारी ठगका अभियुक्त रविलाई बचाउन तीनकुने हिंसाको समर्थक राजावादी मनीषाको साथ
काठमाडौं । सहकारी ठगीको अभियोगमा जेलभित्र थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बचाउ गर्ने भन्दै चलाइएको हस्ताक्षर अभियानमा राजावादी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएकी अभिनेत्री मनीषा कोइराला पनि सहभागी भएकी छिन् ।
तीनकुने हिंसात्मक आन्दोलनको समर्थक मनीषाले सहकारी ठग र सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त लामिछानेको पक्षमा बिहीबार काठमाडौंमा हस्ताक्षर अभियानमा सहभागी भएकी छिन् । मनीषाले हस्ताक्षर गरेपछि लामिछाने र रास्वपालाई राजावादीहरूको पनि समर्थन रहेको खुलासा भएको छ ।
राजावादी मनीषाले बनस्थलीस्थित रास्वपा कार्यालयमा पुगेर हस्ताक्षर गरेकी छिन् । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मनीषाले राज्यबाट रवि लामिछानेमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।
मनीषाले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’
रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’
सभापति लामिछाने दोहोरो नागरिकता, दोहोरो राहदानी लगायतका काण्डै काण्डमा मुछिएका विवादित व्यक्ति हुन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया