प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे फैलाएको कुरा भ्रामक र आधारहीन : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणबारे उठेका विषय भ्रामक र आधारहीन भएको बताएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका विषयमा फैलाइएको कुराहरूमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ ।
स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवम् भूमिका, राष्ट्र हितको प्रवर्द्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय हुने गरेको ब्यहोरा अवगतै छ ।’
‘गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न विकासका लागि वित्त सम्मेलनमा सम्माननीय प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसक्नुभएको विदितै छ’, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै मंगलबार संसदमा विषय उठाएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया