हुण्डी कारोबार गर्ने दुई जना पक्राउ, सानेपामा किरान पसलबाट अबैध काम
काठमाडौं । हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार २ भारतीय नागरिकहरूलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने भारत, बिहार, मोतीहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत, बिहार, पूर्वी चम्पारण, बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार रहेको विज्ञप्तिमा उल्लेख छ ।
ललितपुर महानगरपालिका–२ सानेपा, कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपियाँ, १० हजार भारतीय रूपियाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।
उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया