प्रधानमन्त्री, गृहमन्त्रीसहितको टोलीद्वारा रसुवा, नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
काठमाडौं । प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहितको टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।
मंगलबार बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत रहेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया