ढकाल-चौलागाईंले अध्ययन बिनै प्रश्न गरेपछि खेलकुदमन्त्री महर्जनले दिए तथ्यसहित जवाफ
हेटौँडा । विनियोजन विधेयक र अध्ययन बिनै बागमती प्रदेशका सांसदद्वय रत्न ढकाल र रुकु चौलागाईंले प्रश्न गरेपछि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले तथ्यसहित जवाफ दिएका छन् ।
सोमबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकमा खेलकुद मन्त्रालय अन्तर्गत सांसदद्वय ढकाल र चौलागाईंले प्रश्न राखेका थिए । मन्त्री महर्जनले उनीहरूको जवाफ दिँदै कामहरू भएको बताए ।
खेलकुद मन्त्री महर्जनले भने, ‘म खेल क्षेत्रको मान्छे हुँ । त्यो खेलाडीको नाम रविन्द्र दाहाल हो । पाकिस्तानमा भएको ९औँ साफ गेममा रजत पदक ल्याएको हो । कोरियामा भएको १६औँ एशियन गेममा उत्कृष्ट गेम खेलेर सेमिफाइनलमा हारेको खेलाडी । उसको बाँच्ने आधार नभएर जोगीको भेषमा गएको थियो । त्यो खेलाडी अहिले जोगीको ड्रेसमा होइन उसले आफ्नो खेल्ने ड्रेस लगाएर प्रशिक्षण गराउन शुरु गरेको छ । त्यसको फोटो र भिडियो ल्याएर देखाउनेछु ।’
मन्त्री महर्जनले भने, ‘गेम गर्नु भएन भनेर प्रश्न गरिएको छ । रत्न ढकाल माननीयज्यूले प्रतियोगिता भएको छैन भन्नुभयो । बागमती प्रदेशमा गेम भएको भइछ । अनुदान दिएको छु । गेम भएको कुरा मिडियामा आएको छ ।’
‘एउटा कुरा सत्य हो । बजेटमा सिलिङ कम छ । योजनाहरू छुटेका छन् । अरु मन्त्रालयमा बजेट दुई अर्बदेखि ४० करोडसम्म छ । युवा तथा खेलकुद मन्त्रालयमा माननीयज्यूहरूको सिलिङ जम्मा ६ करोड छ । मेरो सिलिङ बाहेक है भन्नु हुन्छ । सिलिङमा आएको भए टाउको दुखाउनै पर्ने थिएन,’ महर्जनले भने ।
मन्त्री महर्जनले भने, ‘बजेट यस पटक बागमती प्रदेश सरकारको नीतिअनुसार एउटा निर्वाचन क्षेत्रमा एक रंगशालासहित तथा बजेटको सिलिङअनुसार सबै समेट्नु पर्ने थियो । त्यसलाई समेट्न सकिएन । बागमती प्रदेश भनेको खेलकुदको हब हो । बागमती प्रदेशमा देशभरिको खेलाडीमध्ये ७० देखि ८० प्रतिशत खेलाडीको प्रतिनिधित्व गर्छ । यथार्थ पनि यहि हो । युवा तथा खेलकुद मन्त्रालयलाई कम्तिमा दुई अर्ब जति बजेटको सिलिङ आउँछ कि भन्ने अनुमान गरेको थिए । आधा मात्रै बजेटको सिलिङ आयो ।’
‘बजेट अभावका कारण माननीयज्यूहरूको केही योजना छुट्न गएका छन्,’ युवा तथा खेलकुदमन्त्री महर्जनले भने ।
‘बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्मार्ट स्पोर्ट सिटी अबधारण अनुसार ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा अन्तर्राष्ट्रियस्तरीय रंगशाला निर्माण हुँदैछ,’ उनले भने, ‘त्यसमा बजेट निर्माण गरेको छ ।
नेपालकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला भरतपुरमा बजेट विनियोजना गरेको छु ।’
उनले भने, ‘दोलखाको भीमेश्वर राष्ट्रिय रंगशाला निर्माण अपुरो छ । त्यसको लागि बजेट छुट्याएको छ ।’
‘बागमती प्रदेश स्पोर्टस अवार्ड कार्यक्रम, बागमती प्रदेशमा भएका प्रतिभावान खेलाडी, नयाँ र पुराना खेलाडी, देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलाडीहरूलाई समेटेर बागमती प्रदेश स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको छु । मेडल जितेर ल्याउने खेलाडीका लागि केही बजेट छुट्टाएको छु । बागमती प्रदेशमा विभिन्न खेलका २६ जना प्रशिक्षकलाई बजेट छुट्टाएको छु ।’
‘युवा तथा खेलकुद मन्त्रालयको कुल खर्च रकम १ अर्ब ५४ लाख रहेको छ । मिडियामा १ अर्ब १६ करोड भनेर आयो । चालु खर्चतर्फ ३१ करोड ७७ लाख १५ हजार रहेको छ । पुँजीगत खर्चतर्फ ६८ करोड ७७ लाख २३ हजार रहेको छ,’ खेलकुदमन्त्री महर्जनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया