कांग्रेसका नेता, कार्यकर्तामा अनुशासन हुनुपर्छ, भ्रातृ संस्थाहरूको अधिवेशन गरौँ : सुजाता परियार
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रम संगठन निर्माणमा निकै फलदायी भएको बताएकी छिन् ।
पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा पूर्वसांसद समेत रहेकी नेतृ परियारले प्रतिष्ठानको गतिविधि र कार्यक्रम उपयुक्त भएको बताइन् । उनले पार्टीको नेता तथा कार्यकर्तामा अनुशासन हुनु पर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामी सबै अनुशासित र मर्यादित बन्नुपर्छ ।’
नेतृ परियारले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूलाई चलायमान बनाउन पनि अनुरोध गरेकी छिन् । उनले भ्रातृ संस्थाहरू निष्कृय बनेको भन्दै चिन्ता जनाएकी छिन् ।
भ्रातृ संस्थाहरूको अधिवेशन लामो समयसम्म हुन नसक्दा कार्यकर्ताहरूमा निराशा भइरहेको उनले बताइन् । परियारले भनिन्, ‘भ्रातृ संस्थाहरूको तदर्थ समिति बन्यो । तदर्थ समितिले काम गर्न सकेन । दलित संघकोत तदर्थ समितिले संयोजकहरू नियुक्ति गर्दै हिँडेको छ । महिला संघमा पनि विवाद छ ।’
कांग्रेस नेतृ परियारले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको समयमा अधिवेशन गर्नुपर्ने बताइन् । उनले दलित संघको १०÷१२ वर्षदेखि अधिवेशन हुन नसकेकोमा चिन्ता जनाएकी छिन् ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको आवश्यक्ता झन् देखिएको नेतृ परियारले बताएकी छिन् । उनले कांग्रेसको नेतृत्वमा संविधान बन्नुका साथै ३ तहको निर्वाचन सम्पन्न भएको स्मरण समेत गराइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया