महिलालाई करणी गरेर फरार कार्की लामो समयपछि तानसेनबाट पक्राउ
तानसेन । जिल्ला प्रहरी कार्यालय, पाल्पाले २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय ताराबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
तानसेन नगरपालिका वडा नं. १० क्षेत्रीटोलस्थितमा तानसेन नगरपालिका वडा नं. १० बस्ने कार्कीले पाल्पाकै महिलालाई जबरजस्ती करणी गरेको भनि मिति २०८०/०९/२२ गते पीडित महिलाकी आमाले जिल्ला प्रहरी कार्यालय, पाल्पामा जाहेरी दरखास्त दिएकी थिइन् ।
जाहेरीपछि कार्की फरार रहेका थिए । खोजतलास गर्ने क्रममा असार २२ गते तानसेन नगरपालिका वडा नं. ४ लहरेपिपलमा फेला पारी नियन्त्रणमा लिइएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पाल्पा प्रहरीले कार्कीलाई पाल्पा जिल्ला अदालतमा पेश गरेको छ । अदालतले अनुसन्धानका लागि कार्कीलाई थुनामा राख्न प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया