नवलपरासीका ललितपुर बस्ने चौधरी पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ बस्ने नवलपरासीको सरावल गाउँपालिका–२ घर भएका ४० वर्षीय भुपनारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले चौधरीलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको जनाएको छ ।
चौधरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Published : Sunday, 2025 July 6, 8:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया