मन्त्री राणाद्वारा यातायात व्यवसायी कमलेसलाई प्यूठान कांग्रेसमा स्वागत
बिजुवार । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति रोज राणाले युवा व्यवसायी कमलेस के.एम.लाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
बिहीबार प्यूठानमा आयोजित कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. ३ निवासी युवा व्यवसायी कमलेस के.एम. नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कमलेस यातायात व्यवसायमा संलग्न छन् । मन्त्री राणाले कमलेसलाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेसमा भित्र्याएका हुन् ।
यसैबीच, मन्त्री राणाले ल्याएको विकास योजनाहरू, बजेट कार्यान्वयन र पार्टी सुदृढीकरण अभियानबाट मोहित भई प्यूठान कांग्रेसमा आकर्षण बढ्दो छ ।
युवाहरूमा देखिएको यो जनलहरले जिल्लामा कांग्रेसको संगठनात्मक धरातल समेत बलियो बन्दै गएको छ ।
प्यूठानका युवा तथा नेता कार्यकर्ताहरूले मन्त्री राणाले जिल्लाको विकासमा देखाएको सक्रियता र लगनशीलताले नयाँ उर्जा थपेको छ । मन्त्री राणाले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्यूठानमा उल्लेख विकास योजनाहरू र बजेट हालेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया