लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित
मसुरिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ ।
बुधबार देउखुरीको मसुरियारस्थित प्रदेश सभाको बैठकले बजेटलाई पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका हुन् ।
पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपियाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपियाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया