कांग्रेसलाई एकढिक्का बनाएर लैजान सभापतिज्यूको प्रयास प्रशंसा योग्य छ : कर्णबहादुर बुढा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजान गरेको प्रयासको प्रशंसा गरेका छन् ।
बुधबार वीपीनगर, सानेपा, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता बुढाले भने, ‘पार्टीलाई एकढिक्का बनाएर लैजान्छु भन्नुभएको छ पार्टी सभापतिज्यूले । सभापतिज्यूको यो कार्य प्रशंसनीय छ ।’
उनले भने, ‘पार्टीभित्र गुटहरू सक्रिय हुँदा पार्टीलाई क्षति पुगेको छ । मेरै जिल्ला डोल्पामा आदिवासी जनजातीमा कसले सिफारिस गरेको हो ? आदिवासीको अध्यक्षमा क्षेत्रीलाई सिफारिस गरेको छ । माओवादीलाई क्रियाशील बनाएको छ । यो के हो मैले कुरा बुझ्न सकेको छैन ।’
केन्द्रीय सदस्य बुढाले मन्त्री र पार्टीबीच सहकार्य गरेर जानुपर्ने बताएका छन् ।
उनले भने, ‘पार्टीले पठाएको मन्त्री र पार्टीको नेतृत्वबीच सहकार्य गरेर पार्टीको निर्देशनअनुसार गर्ने कि ? आफू खुसी गर्ने ? केन्द्र सरकार र प्रदेश सरकार गठबन्धनका रुपमा मात्रै गयो । यस्तो कार्यले गर्दा पार्टीलाई क्षति पुग्छ ।’
कांग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्ने नेता बुढाले बताएका छन् । ‘देश जर्जर अवस्थामा पुगेको छ । देशलाई निकास दिने कि नदिने ? कांग्रेसले देशलाई निकास दिनुपर्ने अहिलेको अवाश्यक्ता छ,’ केन्द्रीय सदस्य बुढाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया