सुन जस्तो देखिने पहेँलो धातु धितो राखेर दिलमायाले सुन पसललाई ११ लाखमा मर्गा बनाइन्
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ४२ वर्षीया दिलमाया मगरलाई ठगीको अभियोगमा पक्राउ गरेको छ ।
काठमाडौंको बुद्धनगरस्थित एक सुनचाँदी पसलमा दिलमायाले गरगहनाहरू धितोमा राखी ११ लाख लिएकी थिइन् । सुन भनेर धितो राखिएका पहेँलो धातु जस्तो देखिने गरगहनाहरू नक्कली रहेको थाहा पाएपछि सुन पलस सञ्चालकले प्रहरीलाई सूचना गरेका थिए ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ घर भइ हाल भक्तपुरको राधे राधे बस्दै आएकी दिलमायाले असार १० गते सुन जस्तो देखिने पहेँलो धातुबाट बनेका गरगहना तथा विभिन्न सुनचाँदी पसलका बिलहरू देखाइ उक्त गरगहनाहरू धितोमा राखी ११ लाख लिएकी थिइन् ।
दिलमायाले असार १५ गते थप रकम आवश्यक परेको भनी सुन जस्तो पहेँलो धातुबाट बनेका गरगहना लिएर आएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरी टोलीले दिलमायालाई नियन्त्रणमा लिएर मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिन प्राप्त भएको सूचना अधिकारी समेत रहेका एसपी अपीलराज बोहराले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुबाट माइली तिलहरी थान १२, सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको छड्के तिलहरी थान १६, विभिन्न सुनचाँदी पसलका बिलहरू थान १७ र विभिन्न कम्पनीका मोबाइल थान २ पनि बरामद भएको एसपी बोहराले बताएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया