कृषिजन्य भूमिलाई शहरीकरण हुनबाट रोक्नुपर्छ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कृषि प्रधान देश भए पनि वास्तविकतालाई सही तरिकाले उपयोग गर्न नसकेको बताएका छन् ।
आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँमा धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई अध्यक्ष गुरुङले किसानका समस्या र मागलाई सम्बोधन गन नसकिरहेको बताए ।
उनले कृषिजन्य भूमिलाई शहरीकरण गर्ने पद्धति रोक्नुपर्ने बताएका छन् । कृषकलाई समयमा मल उपलब्ध गराएर अनेक किसिमको खेती गरेर कृषि क्रान्तिको अवधारणामा अघि बढ्नुपर्ने अध्यक्ष गुरुङले बताएका छन् ।
धान दिवसको दही, चिउरा खाने कार्यक्रमले हिमाल, पहाड र तराईको पहिचान बोकेको उनले बताए । ‘हाम्रो अधिकांश भू–भाग कृषि उत्पादक भूमि रहेको छ,’ उनले भने ।
अध्यक्ष गुरुङले आगामी दिनमा देशभरि कृषि सम्बन्धी जागरण कार्यक्रम लिएर जिल्लामा तरुणहरू खटिने बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया