साझा संकल्पका साथ बनेको कांग्रेस-एमालेकाे सरकारप्रति लुम्बिनी कांग्रेसको पूर्ण प्रतिवद्धता
मसुरिया । नेपाली कांग्रेस, लुम्बिनी प्रदेश कार्यसमितिले कांग्रेस र एमालेको सरकारप्रति पूर्ण प्रतिवद्धता जनाएको छ ।
शुक्रबार देउखुरीको लमहीमा सम्पन्न कार्यसमितिको बैठकपछि महामन्त्री विक्रम खनालले कांग्रेस र एमालेको सरकारले राजनीतिक स्थिरता कायम गरि सुशासन र विकास निर्माणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
महामन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संवधान कार्यान्वयनको महत्वपूर्ण ध्येहसहित विशिष्ट परिस्थितिमा संघ र प्रदेशमा निर्मित नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले राजनीतिक स्थिरता कायम गरि सुशासन र विकास निर्माणलाई थप प्रभावकारी बनाउँदै संविधानमा देखिएका जटिलतालाई संविधान संशोधन मार्फत जनतामा आशा र भरोसा देखाउने साझा संकल्पका साथ बनेको सरकारप्रति यो बैठक पूर्ण प्रतिवद्धता व्यक्त गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘तीन तहका सरकार संघ, प्रदेश र स्थानीय तहको सरकारको नेतृत्व गर्ने केही जनप्रतिनिधिहरूले गरेका गलत कार्यशैलीले गर्दा आम जनमानसमा नकारात्मक धारणा उत्पन्न भइ लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै खतरामा पर्ने होकी भन्ने संसय चिन्तालाई मध्यनजर गर्दै गलत गर्ने जनप्रतिनिधिहरूलाई आम नागरिकप्रति उत्तरदायी र जवाफदेही भई सुशासन कायम गर्न पार्टीले आग्रह एवम् निर्देशन गर्ने निर्णय गरियो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया