भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख डा.झासहित ३ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा.प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार आयोगले विशेष अदालतमा डा.झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्यांकलन पुनरावलोकन गरी पाउँ भन्ने ब्यहोराको उजुरी परेको थियो ।
बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाइ छिपाइ, सार्वजनिक रूपमा प्रकाशन नगरी ठेक्का अभिलेखमा राख्ने प्रयोजनार्थ सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशन गरेको भनेर पेस गरिएको थियो ।
प्रेस काउन्सिल नेपालको गत जेठ २ गतेको पत्रबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको कुनै पनि सूचना नरहेको भनी लेखी आएको हुँदा उनीहरूको मिलेमतोमा झुट्टा बिल तयार गरी १ लाख २९ हजार ६६७ रूपियाँ भुक्तानी दिए लिएको देखिपछि मुद्दा दायर गरिएको पौडेलले बताएका छन् ।
आयोगले सबै प्रतिवादीलाई १ लाख २९ हजार ६६७ रूपियाँ बिगो कायम गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया