परराष्ट्रमन्त्री डा.राणासँग बिमस्टेकका महासचिव पाण्डेद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन् ।
शनिबार काठमाडौंमा परराष्ट्रमन्त्री डा.राणासँग महासचिव पाण्डेले भेट गरेका हुन् । पाण्डे सगरमाथा सम्वादमा सहभागी हुन काठमाडौंमा आएका छन् ।
भेटपछि डा.राणाले भनेकी छिन्, ‘मैले बिमस्टेकको स्थापनाको दृष्टिकोण र उद्देश्यहरूप्रति नेपालको प्रतिबद्धतालाई पुनः पुष्टि गरें, जुन सामूहिक लचिलोपन, पारस्परिक समझदारी र सहकार्यलाई बढावा दिने सगरमाथा संवादको आदर्शसँग प्रतिध्वनित छ । पाण्डे ज्यूको नेपालमा सुखद् बसाइको कामना गर्दछु ।’
Published : Saturday, 2025 May 17, 12:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया