सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणासँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेट गरेका छन् ।
बुधबार बुढानिलकण्ठस्थित निवासमा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालले सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेका हुन् ।
भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेसँग फलदायी भेटघाट भयो ।’
‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा ग¥यौं । हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल ग¥यौं’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया