व्यापारीले व्यापार गर्ने हो, सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन : सभापति देउवा
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दृउवाले आगामी बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्ने बताए । उनले व्यापार र उद्योगका लागि व्यापारी र उद्योगपतिले नै जिम्मेवारी वहन गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले व्यापार सञ्चालन गर्ने काम नगर्नु पर्ने बताए ।
सभापति देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन । त्यसकारण निजी क्षेत्रले नै व्यापार सञ्चालन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ ।’
सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया