कपनबाट कांग्रेस समानुपातिक सांसद राई पक्राउ
काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई सहकारी ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
शनिबार काठमाडौं, कपनबाट काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालय, टेकुको प्रहरी टोलीले राईलाई पक्राउ गरेको जनाएको छ । शनिबार राति साढे ८ बजेतिर प्रहरीले राईलाई घरबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताएका छन् ।
सांसद राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भएको छ ।
सांसद राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
राई सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपियाँ हिनामिना गरेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया