सभापति देउवासँग महिला संघकी अध्यक्ष राउतद्वारा भेट, पाए सहयोग आश्वासन
काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई नेपाल महिला संघकी अध्यक्ष उषा राउतले महाधिवेशनका विषयमा भइरहेका तयारीबारे जानकारी गराएकी छिन् ।
शुक्रबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग अध्यक्ष राउत नेतृत्वमा महिला नेतृहरूले भेट गरेर हालसम्म भएको तयारीका विषयमा जानकारी गराएका हुन् । राउतले संघभित्र केही महिला नेतृहरूमा देखिएको बिचलन र महाधिवेशन बिथोल्ने गरेर भइरहेका गतिविधिका बारेमा पनि सभापति देउवालाई जानकारी गराएकी छिन् ।
सभापति देउवाले झिनामसिना कुरामा नलागेर आफ्नो उद्देश्यअनुसार नेपाल महिला संघको महाधिवेशन गर्ने र त्यसको तयारीमा निरन्तर लाग्न निर्देशन दिएका छन् । काम गर्दै जाँदा समस्या र कठिनाइ आउँदा आफूले सहयोग गर्ने आश्वासन सभापति देउवाले अध्यक्ष राउतलाई दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया