मेदान्त अस्पतालमा आईसीयूमा रहेकी एयरहोस्टेसलाई यौन दुर्व्यवहार
नयाँ दिल्ली । भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एयरहोस्टेसमाथि मेदान्ता अस्पतालमा यौन दुर्व्यवहार भएको छ ।
अस्पतालका एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका हुन् । एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् ।
उद्धार गरेर महिलालाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । अप्रिल ५ का दिन महिलालाई मेदान्त अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा भर्ना गरिएको थियो ।
मेदान्त अस्पतालका एक पुरुष कर्मचारी महिलाको हातमा ब्यान्डको साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
महिलाको मुखमा नली लगाइएको छ । मुखमा नली भएका कारण पीडित महिला बोल्न सकेकी थिइनन् । उनले टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि कर्मचारी भागेको पीडितका आफन्तले बताएका छन् । आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छिन् ।
उपचारपछि निको भएर ती महिला आफू बसेको रुममा फर्किएपछि पतिलाई घटनाका बारेमा बताएकी छिन् । घटनाबारे प्रहरीमा उजुरी परेको छ ।
प्रहरीले पीडितको मेडिकल टेस्ट गराउनका साथै मंगलबार सरकारी वकिलको कार्यालयमा बयानसमेत गराएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।
अस्पताल प्रशासनले घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गरेर सीसीटीभी फुटेज र विभिन्न दस्तावेज प्रहरीलाई उपलब्ध गराइएको जनाएको छ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया