कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयबाट जारी भएको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर, ललितपुरमा बस्नेछ । बैठक बस्ने भनिए पनि छलफलका विषयमा केही भनिएको छैन ।
कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयमा हुन सकेका छैनन् । यस्तो अवस्थामा कांग्रेसको बैठक बस्न लागेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन निर्देशन दिएपछि केन्द्रीय कार्यलयले बैठक बोलाएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Published : Tuesday, 2025 April 15, 4:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया